चमकदार त्वचाका लागि घरमै बनाउनुहोस् स्कीन टोनर

face
गुलाबजल तथा भिनेगर टोनर : गुलाबजल तथा भिनेगर टोनर मिलाएर कटनमा राखेर अनुहारमा लगाउनुहोस् । यसले त्वचालाई चाकदार बनाउन मद्दत गर्छ ।

आइस टोनर : फ्रिजमा राखेको आइसलाई निकालेर रुमालमा राखेर अनुहारमा लगाउनाले त्वचामा भएको दाग तथा डन्डीफोर हराउँछ ।

तुलसी आइस टोनर :  १०/ १५ मिनेट तुलसीको पात र एक कम पानी लिएर त्यसलाई ५ मिनेट उमाल्नुहोस् र छानेर चिसो भएपछि अनुहारमा लगाउनुहोस् ।

ग्रीन टी टोनर : १ चम्चा ग्रीन टी पानीमा उमाल्नसहोस् र चिसो भएपछि छानेर कटनको सहायताले अनुहारमा लगाउने गर्नाले अनुहारमा सुन्दरतामा निखार ल्याउछ ।

दही र काँक्रोको रस : १ चम्चा दही र १ चम्चा काँक्रोको रस एक साथ मिसाएर १५ मिनेट जति अनुहारमा लगाएर राख्नुहोस् र चिसो पानीले धुनुहोस् । यसले त्वचा सफा हुनुका साथै चमकदार देखिन्छ ।

कागतीको रस : कागतीको रसलाई अनसहारमा लगाउनाले अनुहारको चिल्लोपन निकाल्न मद्दत गर्छ । र अनुहार सफा देखिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *