गर्मी मौसममा कपाललाई चिल्लोपनाबाट जोगाउने उपाय

40
Shares

जाडो मौसममा भन्दा गर्मी मौसममा छालाको साथै कपालमा पनि बढि मात्रामा चिल्लोपना बढ्ने समस्या हुन्छ ।

त्यसैले कपाललाई चिल्लोपनाबाट जोगाउनको लागि मेथीको धूलो, कागतीको रस, सेतो भेनेगर, मुल्टानी माटो र मेहेन्दी मिक्स गरि जरादेखि नै लगाउनुहोस् र ४५ मिनेट सम्म राखेर चिसो पानीले पखाल्नुहोस् । यसो गर्दा कपालमा चिल्लोपना नआउनुका साथै कपाल स्वस्थ्य र मुलायम देखिन्छ ।

यो महिनामा १ पटक गर्दा उचित हुन्छ ।

गर्मीमा हरेक दिन कपाल धुनु राम्रो मानिन्छ । चिल्लो केश हप्तामा दुईपटक स्याम्पुले नुहाउन राम्रो हुन्छ । स्याम्पुले नुहानुभन्दा पहिले एउटा अण्डाको सेतो भागमा एउटा कागतीको रस मिसाई दस मिनेट कपालमा लगाउने र स्याम्पुले कपाल धुने । हेयर ड्रायर तथा हेयर स्प्रेको बढी प्रयोग नगर्ने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *