कुन उमेरका बच्चा कति समय सुत्ने ?

sleeping kids

बच्चा कति समय सुत्छ ? हरेक अभिभावकले सोच्न जरुरी छ । बच्चा आवश्यकताअनुसार सुतेको छ/छैन, राम्ररी विचार गर्नु आवश्यक हुन्छ । बच्चामा निद्रा नपुगेकै कारण दीर्घकालमा विभिन्न रोगको सिकार बन्नुपर्ने हुन सक्छ । बच्चालाई उमेरअनुसार निद्रा आवश्यक पर्छ । आखिर, कुन उमेरका बच्चा कति समय सुत्नुपर्छ ? जानिराख्दा राम्रो :

जन्मेदेखि ६ महिना सम्म  :  जन्मेदेखि ६ महिना उमेर समूहका बच्चालाई दिनमा १६ देखि २० घन्टा निद्रा आवश्यक पर्छ । बच्चा निद्रामा पनि हाँसिरहनेसमेत गर्छन् । यो उमेरका बच्चा एकैपटक दुई–तीन घन्टासम्म सुतिरहन सक्छन् ।

६–१ वर्ष सम्म : यो उमेरमा बच्चाको शरीर विकसित हुन सुरु हुन्छ । बच्चाले चल्न र बोल्न प्रयास गर्ने उमेर पनि हो यो । यसकारण बच्चाको शरीर थाक्न सक्छ । यस्ता बच्चालाई कम्तीमा १२ देखि १५ घन्टा निद्रा आवश्यक पर्छ ।

१–३ वर्ष सम्म : यो उमेर अवधिमा बच्चामा आवश्यक चेतनाको विकास भइसकेको हुन्छ । यस्ता बच्चालाई दिनमा १३ घन्टा निद्रा आवश्यक पर्छ । दिउँसो मात्रै कम्तीमा दुई–तीन घन्टा निद्रा चाहिन्छ ।

३–५ वर्ष सम्म : यो उमेरमा बच्चाहरू निकै व्यस्त हुन्छन् । यो उमेरमा धेरै नसुत्दा बच्चाहरू बिरामी पर्न सक्छन् । कम्तीमा १२ घन्टा यो उमेरका बच्चालाई निद्रा चाहिन्छ ।

५–१० वर्ष सम्म : जब बच्चा बढ्दै जान्छन् तब कम सुत्न चाहिरहेका हुन्छन् । तर, यस्तो हुन दिनुहुन्न । घरमा बच्चालाई रुटिन नै बनाइदिएर समयमा सुत्न लगाउनुहोस् । ५ देखि १० वर्ष या योभन्दा माथिल्ला उमेरका बच्चालाई १० देखि १२ घन्टा निद्रा आवश्यक पर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *