सुर्तीको प्याकेटमा अब ‘प्लेन प्याकेज’ ! नेपालले पनि थाल्दै तयारी

Plain packageकाठमाडौँ, १९ जेठ – सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भाग चेतावनीमुलक चित्रअंकित स्वास्थ्य संदेशले छोप्नु पर्ने नियम बनाई विश्वमाझ चर्चित भएको नेपालले अब सुर्तीजन्य पदार्थको प्याकेट सतप्रतिशत भागमा डरलाग्दा चित्र राख्ने प्लेन प्याकेज नियम ल्याउने योजना बनाएको छ ।

विश्व धूमपान रहित दिवशको अवसरमा मंगलबार आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री मोहमद मुस्ताक आलमले सो योजना सुनाएका हुन् । उनले धूमपान नियन्त्रण सरकारले यसअघि बनाएको ९० प्रतिशत चित्रअंकित स्वास्थ्य सन्देश पहिले पूर्ण कार्यान्वनयमा ल्याउने त्यसपछि प्लेन प्याकेजिङमा जाने योजना रहेको सुनाएका हुन् ।

नेपालमा गतवर्ष २ जेठ देखी बजारमा आउने सबै खाले सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्रअंकित स्वास्थ्य सन्देश आउनुपर्ने भएपनि अहिलेसम्म नेपाली उद्योगहरुले त्यसको कार्यान्वयन गरेको छैन् ।

मन्त्री आलमले सुर्तीजन्य पदार्थका कारण देशका युवाहरु कुलतमा फस्दै गएको भन्दै त्यसको नियन्त्रण गर्नु अपरिहार्य भएको बताए । उनले सुर्तीको प्रयोग नियन्त्रणका लागि सरकारले ल्याएको नियम अक्षरस लागू गराउन निर्देशन दिए ।

स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले सुर्तीजन्य पदार्थका कारण बार्षिक १५ हजार बढीले ज्यान गुमाउने गरेको बताउँदै यसको प्रयोगमा नियन्त्रण ल्याउन टडकारो आवश्यकता रहेको बताए ।

उनले अष्टेलिया तथा अन्य विभिन्न देशका प्रान्त्रीय राज्यमा प्लेन प्याकेज सुरु भएको भन्दै नेपालले पनि त्यसको छिटै अनुसरण गर्ने बताए । सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रणमा ल्याउनका लागि प्लेन प्याकेजको मोडलमा जानुको बिकल्प छैन् । सरकारले अब त्यसदिशामा काम अघि बढाउने तयारी गरेको छ ।

क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेलले भूकम्पको बेला ९ हजार मानिसको मृत्यु भयो त्यसले यति बढी चर्चा पायो तर सुर्ती सेवनका कारण बर्षेनी १६ हजार मानिसको मृत्यु हुन्छ यसमा कोही पनि गम्भीर छैन भने । उनले सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न नयाँ मोडलको रुपमा प्लेन प्याकेज अघि सार्नुपर्ने बताए ।

मन्त्रालयका कानून उपसचिव खिमानन्द भुसालले विद्यमान कानूनले आवश्यकता अनुसार नियम परिवर्तन गर्न सरकारलाई सम्पूर्ण अधिकार दिएको भन्दै ९० प्रतिशत चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देश नेपाली सुर्तीउद्योगले कार्यान्वनय गर्नुको विकल्प नभएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *