भाइरल बन्यो नेचुरल सिजेरियन विधिबाट बच्चा जन्मेको भिडियो (भिडियो सहित)

2.9k
Shares

natural

एजेन्सी – बेलायतकी एक महिला साराह साउन्डर्सले नेचुरल सिजेरियन बिधिबाट आफ्नो बच्चालाई जन्मदिएको भिडियो यू ट्यूबमा भाइरल भएको छ ।

टोर्बे हस्पिटलको म्याटेरनिटी वार्डमा साउन्डर्सले आफ्नो छोरालाई जन्मदिएकी थिइन् । त्यतिवेला खिचिएको भिडियो उनी आफैले सार्वजनिक गरेकी हुन् ।

नेचुरल सिजेरियन के र कसरी ?

नेचुरल सिजेरियन प्रक्रियामा पेटमा सानो इन सिजन (प्वाल) बनाइन्छ र बिस्तारै बच्चाको टाउको बाहिर निकाल्न मद्दत गरिन्छ । त्यसपछि बच्चाको हात, काँधको भाग बच्चाले आँफै बाहिर निकाल्छ र पुरै शरीर बाहिर निस्कन्छ ।

यो प्रक्रिया सम्पन्न हुन् करिब चार मिनेटमा लाग्छ । यस प्रक्रियामा साधारण सर्जरीको तरिका अथवा साधारण प्राकृतिक तरिकामा जस्तो आमा र बच्चाले बल लगाउन पर्दैन् । त्यसैले यो प्रक्रिया आमा र बच्चाको लागि ज्यादै नै उपयोगी मानिएको छ ।

हेरौँ भाइरल बनेको यो नेचुरल सिजेरियन भिडियो 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *