मिर्गौला प्रत्यारोपितले जिते मैत्रीपूर्ण फुटवलको उपाधी ( फोटो फिचर सहित )

d1धरान – मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति तथा अंगदान गरेका व्यक्तिहरुको समूह र चिकित्सक, समाजसेवी तथा पत्रकार सम्मिलित समूहबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रत्यारोपित तथा अंगदाताको समूह विजयी भएको छ ।

मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य प्रतिष्ठान ललितपुरको आयोजनामा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पन्न सातौ नेपाल राष्ट्रिय मिर्गौला प्रत्यारोपण खेलकुद कार्यक्रम अन्तर्गत बुधबार भएको फुटवल प्रतियोगितामा प्रत्यारोपित समूहले आयोजकलाई २ का विरुद्द ५ गोलले पराजित गरेको हो ।

मिर्गौला प्रत्यारोपित व्यक्तिहरुसंग भिड्नका लागि आयोजकका तर्फबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बलभद्रप्रसाद दासको कप्तानीमा टीम बनाएको थियो । जसमा मानवअंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, आरोज्ञ प्रतिष्ठानका उपाध्यक्ष एवं उद्योगपति कुशकुमार जोसी, पूर्व मुख्य सचिव लिलामणी पौडेल, फुटवलका पूर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक राजुकाजी शाक्य सहित स्थानीय अगुवा तथा पत्रकारहरु समावेस थिए ।

प्रत्यारोपितको टीमको कप्तानी संसद सचिवालयका सचिव समेत रहेका मृगौला प्रत्यारोपित व्यक्ति सोमबहादुर थापाले गरेका थिए । थापाको नेतृत्वमा मिर्गौला प्रत्यारोपण गरेका देशका विभिन्न भागबाट जुटेका व्यक्तिहरु समावेश थिए ।

आक्रामक सुरुवात गर्दै खेललाई एक पक्षीय बनाउन सफल प्रत्यारोपितहरुको टीमले मध्यान्तर अघि नै आयोजकलाई ४-० को अवस्थामा पुरयाएको थियो । तर मध्यान्तर पछि भने आयोजक केही आक्रामक देखियो खेल आफ्नो पक्षमा फर्काउने प्रयास गरयो ।

दोस्रो हाफमा आयोजकले दुई सुन्दर गोल गरयो यद्धपी प्रत्यारोपितले थप एक गोल गर्दै खेललाई ५ – २ को अवस्थामा पुरयायो ।

‘हाम्रो खेल पहिलो हाफमै केही कमजोर देखियो । जसको फाइदा प्रत्यारोपित टीमले लियो । दोस्रो हाफमा हामी आक्रामक रणनीति बनाउदै सके जित्ने नसके बराबरीमा रोक्ने भन्ने थियो । सोही अनुसार खेल्दा दुई गोल फर्काउन त सक्यौ । तर खेलको अन्त्यतिर उतैबाट अर्को गोल खान बाध्य भइयो र ५ – २ को लज्जास्पद हार वेहोर्न बाध्य भयौँ,” आयोजक समूहका खेलाडी डा. पुकारचन्द्र श्रेष्ठले भने , ‘हाम्रो तर्फबाट पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यलाई उतार्दा पनि बराबरीमा रोक्न सकिएन ।’

यसअघि भएको प्रतियोगिता अन्तर्गत ब्याडमिन्टन तर्फ महिलामा  लक्ष्मी महर्जन र पुरुष तर्फ प्रेमरत्न मानन्धर प्रथम भएका छन् ।

त्यस्तै दौड प्रतियोगिता अन्तर्गत महिला तर्फ एक सय मिटर दौडमा गीता श्रेष्ठ प्रथम भएकी छन् । पुरुष तर्फको एक सय मिटर तथा दुई सय मिटर तर्फ क्रमस विष्णुलाल श्रेष्ठ र लिलाकान्त चौधरी प्रथम भएका छन् ।

कार्यक्रमको समापन समारोहमा विजयी खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो । उक्त समारोहमा वि.पि.कोइराला स्वास्थ्य विज्ञन प्रतिष्ठानको उप कुलपति डा दासले मृगौला प्रतयारोपित तथा अंगदाताको खुलेर प्रसंशा गरेका थिए ।

मानवअंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले प्रत्यारोपित व्यक्ति पनि अन्य व्यक्ति सरह सक्षम छ भन्ने प्रमाणित गर्न खेलकुद कार्यक्रमको आयोजना गरिएको बताए । उनले प्रत्यारोपित व्यक्ति अन्य व्यक्तिभन्दा कुनै पनि हिसावमा पछाडी नहुने बताए ।

मृगौला प्रत्यारोपित व्यक्तिले पनि अन्य ब्यक्ति सरह समाजमा अन्य व्यक्ति सरह काम गर्न सक्षम छन र समाजमा उल्लेखनीय योगदान दिन सक्छन भन्ने जनचेतना गराउने उद्देश्यले आरोग्य प्रतिष्ठान र मानब अंग प्रतयारोपण केन्द्रले विगत ७ वर्षदेखि देशका विभिन्न स्थानमा नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष नेपाल प्रत्यारोपण खेलकुद गर्दै आएको छ र विजयी खेलाडीहरुलाई विश्व प्रत्यारोपण खेलकुदमा सहभागी गराउने गरिएको छ ।

अघिल्लो दिन अन्तक्र्रिया र जनचेतना र्याली

यसैबीच सातौ नेपाल राष्ट्रिय मिर्गौला प्रत्यारोपण खेलकुद कार्यक्रम भएको अघिल्लो दिन स्थानीय बुद्धिजिवीसंग नेपालमा मिर्गौला रोग, अंगादान र त्यसको व्यवस्थापनका बारेमा अन्तक्र्रिया कार्यक्रम आयोजना भएको थियो ।

धरान नगरपालिकाबाट जनचेतना रयाली निकाली भानुचोकसम्म पुगेको थियो । र्लीपछि बक्तहरुले नेपालमा अंग फेल हुने अवस्था , बच्ने उपाय, र अंगदान गर्ने व्यवस्थाका बारेमा बताएका थिए ।

d2

DSC00541

DSC00828

DSC00730

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *