पोखरामा यसरी मनाइयो विश्व स्वास्थ्य दिवश
पोखरा – विश्व स्वास्थ्य दिवसको अबसर पारी देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु भएका छन् । सोही अवसरमा पोखरामा पनि विविध कार्यक्रम गरी विश्व स्वास्थ्य दिवस मनाइएको छ ।
पोखरास्थित सगुन पौडेलका अनुसार दिवसको अघिल्लो दिन वहान रेडियो सफलतामा परिसंवाद कार्यक्रम गरिएको थियो । सोही दिन पोखरा बजार आशपासमा जनचेतना मुलक माइकिंग गरिएको थियो ।
आज विहान ७ बजे सृजनाचोकबाट जनचेतनामुलक रयाली गरी न्युरोड पुगेर समाप्त भएको थियो । त्यस्तै युनाइटेड रिफरेन्स ल्यावरटरीले, गिरी कम्लेक्स न्युरोडमा निशुल्क मधुमेह परीक्षण कार्यक्रम भएको पौडेले जानकारी दिए ।
तस्बिर : सगुन पौडेल
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 







