अंग प्रत्यारोपणमा नयाँ व्यवस्था : कस – कसले पाउछन् अंगदान गर्न ?

brain_deathकाठमाडौँ – प्रत्येक १० जनामा एक जनालाई मिर्गौला रोग लाग्ने विभिन्न अनुसन्धानले देखाएको छ । नेपालमा भने बार्षिक ३ हजार बढीको मिर्गौला फेल हुने गरेको तथ्यांक छ । फेल भएका मध्ये करीब ९० प्रतिशत भन्दा बढीको केही महिनामै मृत्यु हुने गरेको चिकित्सकहरु बताउछन् ।

मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक एवं बरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा पुकारचन्द्र श्रेष्ठ फेल भएपछि उत्तम विकल्प प्रत्यारोपण नै भएको बताउछन् । उनले मिर्गौला मात्रै नभई फेल हुने अन्य ८ वटा अंगहरुमा अर्काको शरीरबाट झिकेर प्रत्यरोपण गर्न सकिने भन्दै अंगदान सम्वन्धी व्यवस्थालाई सुदृड गर्नुको बिकल्प नभएको बताउछन् ।

हुन त केही महिना अघि मात्रै व्यवस्थापिका संसदबाट अंगप्रत्यारोपा नियमित तथा निषेध ऐन २०५५ को संसोधन २०७२ अनुमोदन भएको छ । संसोधित व्यवस्थाले नेपालमा अंगदानको दायरालाई फराकिलो बनाएको छ ।

कार्यान्वयनमा ल्याउन अझै केही समय लाग्ने भएपनि त्यसले अंगदानका लागि धेरै व्यक्ति सहभागी हुन पाउने छुट दिएको छ । डा श्रेष्ठ भन्छन् , झण्डै नाता पर्ने जति सबैले अंगदान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

नयाँ व्यवस्थामा को कसले अंगदान गर्न पाउछन त ?

पति पत्नी छोरा छोरी, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबुआमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाती, नातिनी, दाजु, भाई, दिदी, बहिनी आदिले अंगदान गर्न पाउछन् ।

त्यस्तै ठूलो बुबा, ठूली आमा, काका, काकी, सानो बुबा, सानी आमा, भतिजा, भतिजी, सासु, ससुरा, जेठाजु, जेठानी, देवर, देउरानी, नन्द, भाउजु आदिले पनि अंगदान गर्न सक्नेछन् ।

त्यसैगरी बुहारी, माइजु, भान्जा, भान्जी, साला, साली, फुपु, फुपाजु, अमाजु, भदा, भदै, भिनाजु, ज्वाई, जेठानबाट समेत अंगदान गर्न पाउने व्यवस्था छ ।

पहिलाको ऐनले अंगदान गर्न क कसलाई छुट दिएको थियो ?

दाजु, भाई, दिदी, बहिनी, काका, काकी, भतिजा, भतिजी, बाबु तर्फको बाजे, बज्यै, छोरा तर्फको नाती, नातिनी, छोरी तर्फको नाती, नातिनी, विगत दुई बर्ष देखी अटुट रुपमा नाता सम्वन्ध कायम भएका पति पत्नी, धर्मपुत्र, धर्मपुत्री, सौतेनी आमा, सौतेनी बाबु, सासु ससुराले मात्रै अंगदान गर्न सक्थे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *