ग्रान्डीमा संक्रमण नियन्त्रण सम्वन्धि तालिम सम्पन्न

IMG_9968

काठमाडौँ – धापासीस्थित ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा संक्रमण नियन्त्रण तथा ह्यान्ड हाईजिन सम्वन्धि तालिम सम्पन्न भएको छ ।

अस्पतालमा कार्यरत डाक्टर नर्स तथा क्लिनिकल स्टाफहरुलाई नियमित शिक्षा कार्यक्रम अन्तर्गत इन्टरनेशनल फेडरेसन अफ इन्फेक्सन कन्ट्रोलको पाठ्यक्रममा आधारित २८ लेक्चर सहितको बिशेष तालिम दिईएको हो ।

सहभागीहरुलाई अस्पतालका इन्फेक्सन कन्ट्रोल बिभागका अमेरिकी चिकित्सक डा. एन्ड्यू ट्रोटर र इन्टेन्सिभिष्ट तथा क्लिनिकल कोअर्डिनेटर डा. सुभाषप्रसाद आचार्यले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा सहभागि क्लिनिकल स्टाफहरुलाई हरेक लेक्चर पछि प्रश्नोत्तर तथा सामूहिक प्रोजेक्ट वर्क र अन्तिम परीक्षा लिईएको थियो ।

तालिमको समापन तथा सर्टि्फिकेट बितरण कार्यक्रमलाई सम्वोधन गर्दै ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पतालका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डेले तालिममा सिकेका सिप र ज्ञानलाई ब्यबहारिक रुपमा दैनिक अभ्यासमा निरन्तर ल्याउनुपर्नेमा जोड दिए । उनले अहिलेसम्म अस्पतालमा आउने आगन्तुक तथा अतिथिहरुले ग्रान्डी अस्पतालको संक्रमण नियन्त्रण तथा ह्यान्ड हाईजिन कार्यक्रम प्रभावित भएको भन्दै यसलाई अव संस्कृतिकै रुपमा अगाडि लिएर जानुपर्ने बताए ।

अस्पतालका इन्फेक्सन कन्ट्रोल बिभागका अमेरिकी चिकित्सक डा. एन्ड्यू ट्रोटरले नेपाल जस्तो बिकासोन्मुख मुलुकमा इन्फेक्सन कन्ट्रोल ठूलो समस्याका रुपमा रहेको बताए । उनले यो जिम्मेवारी अधिकांश समय नर्सिङ स्टाफहरुको काँधमा आउने गरेको भएकोले यस किसिमका तालिमहरु महत्वपूर्ण रहेको बताए ।

अस्पतालका इन्टेन्सिभिष्ट तथा क्लिनिकल कोअर्डिनेटर डा. सुभाष प्रसाद आचार्यले तालिमका दौरानमा सिकेका सिप र ज्ञानलाई आफुमा मात्र सिमित नराखेर आफ्ना यूनिटका साथिहरुमा बाड्न आग्रह गरे ।

तालिममा नर्सिङ स्टाफ २० जना एकजना मेडिकल अफिसर एकजना फार्मासिष्ट सहित २२ जना सहभागी थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *