तीस लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

924
Shares

Vitamin-A

काठमाडौँ – सरकारले आज र भोली तीस लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउदै छ । स्वास्थ्य सेवा विभाग पोषण शाखाका अनुसार ६ देखी ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ बर्ष देखी ५ बर्ष सम्मका बालबालिकालाई जुकाको औषधि खुवाइदै छ ।

पोषण शाखा प्रमुख गिरीराज सुवेदीले औषधि खुवाउन ५२ हजार बढी महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरिएको बताए । उनले नजिकको खोप केन्द्र तथा टोल टोलमा स्वयंसेविकाहरु उपस्थित भई औषधि खुवाउने बताए ।

सधै बैशाख ६ र ७ गते खुवाइने गरेको यो कार्यक्रम यसपटक २२ चैत देखी बालबालिकाको सुक्ष्मपोषण तत्वको सर्भेक्षण सुरु हुने भएकोले अगाडी सारिएको हो ।

आगामी असार महिनासम्म चल्ने उक्त सर्भेक्षणमा बालबालिकामा भिटामिन एको अवस्था, आयोडिन, जिंक, आइरन लगायतका तत्वहरुको अध्ययन गरिने जनाइएको छ ।

स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाका अनुसार सर्भेक्षणमा ४ हजार ३२० घरधुरीका २५ हजार ९२० जना बालबालिका तथा महिला समेट्ने लक्ष्य लिइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *