नेपालमा ९ प्रतिशत महिला ‘चेन स्मोकर’, १० प्रतिशतले दैनिक रक्सी खान्छन्

c

काठमाडौँ – नेपालमा १५ देखी ४९ बर्ष उमेर समूहका ९ प्रतिशत महिलाले दैनिक एक वा सो भन्दा बढी चुरोट वा सुर्तीजन्य पदार्थको सेवन गरेको बताएका छन् ।  त्यस्तै करिब ४ प्रतिशत महिलाले १५ बर्ष पुग्नु अगावै एक खिल्ली चुरोट पुरा सेवन गरेको बताएका छन् ।

केन्द्रीय तथ्यांक विभागले विहीबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्भेक्षण ( एनमिक्स ) २०७१को नतिजाले यस्तो नतिजा देखाएको हो ।

त्यस्तै सर्वेक्षणले १५ देखि ४९ वर्ष उमेरका करिब १० प्रतिशत महिलाले विगतको महिनामा १ वा बढी दिनमा कमसेकम १ गिलास रक्सी खाएको बताएका थिए । त्यस्तै  ७ प्रतिशतले १५ वर्ष पुग्नुअगावै रक्सी चाखेको बताएका थिए ।

यस सर्वेक्षणमा १२ हजार ४०५ घरपरिवार समेटेको थियो जस अन्तर्गत १५ देखि ४९ वर्षका १४ हजार१६२ महिला तथा पाँच वर्षमुनिका ५ हजार ३४९ बालबालिकाका आमा/स्याहारकर्ताहरूसँग अन्तर्वार्ता गरिएको बताइएको छ ।

एनमिक्स युनिसेफद्धारा विकास गरिएको एक अन्र्तर्राष्ट्रिय  रुपमा सहमत भएको घरपरिबार सर्वेक्षण कार्यक्रम हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *