भिटामिन ‘ए’ खुवाउने कार्यक्रम यसपटक २० र २१ फागुनमा

vitamin a

काठमाडौँ – हरेक बर्ष बैशाख ६ र ७ गते सञ्चालन गरिदै आएको भिटामिन ‘ए’ कार्यक्रम यसपटक डेढ महिना अघि सरेको छ । स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाका अनुसार यसपटक भिटामिन ‘ए’ खुवाउने कार्यक्रम फागुन २० र २१ गतेका लागि तोकिएको छ ।

सरकारले राष्ट्रिय कार्यक्रम अन्तर्गत ६ देखी ५९ महिनाका बालबालिकालाई हरेक बर्ष दुई चरणमा भिटामिन ‘ए’ खुवाउदै आएको छ । सन १९९३ देखी यो कार्यक्रम सुरु गरेको हो । पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा बैशाख ६ र ७ गते तोकिने गरेको थियो ।

यसपटक २२ चैत देखी असार मसान्तसम्म दोस्रो राष्ट्रिय सुक्ष्म पोषण तत्व सर्भेक्षणका लागि तथ्यांक संकलन गर्ने तयारी भएकोले बैशाखको कार्यक्रम अगाडी सारिएको महाशाखा अन्तर्गतको पोषणशाखा प्रमुख गिरीराज सुवेदीले बताए ।

नेपाल लगायत अन्य विभिन्न देशहरुमा गरिएका अनुसन्धानका नतिजाले ४ देखी ६ महिनाको अन्र्तरालमा बर्षको दुई पटक भिटामिन ‘ए’ खुवाएमा ३० प्रतिशत बालमृत्युदर घटने देखाएको छ । सोही अनुसार नेपालमा पनि यो कार्यक्रम सुरु गरिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *