एनपीएलका प्रबन्ध निर्देशक अमात्यको निधन

0
Shares

mahendra

नेपाली हेल्थ /काठमाडौँ – एक साता अघि हृदयघात भई उपचाररत नेपाल फर्मास्यूटिकल ल्याबरेटोरी(एनपीएल)का प्रबन्ध निर्देशक महेन्द्रबहादुर अमात्यको निधन भएको छ ।

अमात्यको गएराती १० बजेर १० मिनेट जाँदा धापासीस्थित ग्राण्डी अस्पतालमा निधन भएको हो । अस्पतालले निमोनिया र हार्ट व्लक भएर निधन भएको जनाएको छ ।

गत १२ माघका दिन अमात्यलाई हृदयघात भएको थियो । बीरगञ्ज रहेका बेला मुटुको चालमा एक्कासी गडबड भएपछि उनलाई तत्काल स्थानीय अस्पतालमा पुरयाइएको थियो । त्यहाँ सामान्य उपचार पछि थप उपचारका लागि सोही दिन हेलिकप्टरद्धारा ग्राण्डी अस्पताल ल्याइएको थियो ।

नेपाली औषधि उद्योगको अभिभावक मानिने अमात्य नेपाल औषधि उत्पादक संघ( एपोन)का पूर्व अध्यक्ष पनि हुन् । अस्पतालका अनुसार ६५ वर्षीय अमात्यको छ बर्ष अघि बाईपास सर्जरी गरिएको थियो । त्यसयता उनको मुटुको नियमित परीक्षण तथा उपचार भइरहेको थियो ।

तीस बर्ष अघि ७ वटा औषधि उत्पादन सुरु गरी नेपाली औषधि उद्योगमा प्रवेश गरेको एनपीएल यतिवेला सफल र स्थापित उद्योगमा दहरिएको छ । सो उद्योगले हाल २ सय ५० बढी किसिमका औषधिको उत्पादन गरिहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *