एनपीएलका प्रबन्ध निर्देशक अमात्यको निधन

mahendra

नेपाली हेल्थ /काठमाडौँ – एक साता अघि हृदयघात भई उपचाररत नेपाल फर्मास्यूटिकल ल्याबरेटोरी(एनपीएल)का प्रबन्ध निर्देशक महेन्द्रबहादुर अमात्यको निधन भएको छ ।

अमात्यको गएराती १० बजेर १० मिनेट जाँदा धापासीस्थित ग्राण्डी अस्पतालमा निधन भएको हो । अस्पतालले निमोनिया र हार्ट व्लक भएर निधन भएको जनाएको छ ।

गत १२ माघका दिन अमात्यलाई हृदयघात भएको थियो । बीरगञ्ज रहेका बेला मुटुको चालमा एक्कासी गडबड भएपछि उनलाई तत्काल स्थानीय अस्पतालमा पुरयाइएको थियो । त्यहाँ सामान्य उपचार पछि थप उपचारका लागि सोही दिन हेलिकप्टरद्धारा ग्राण्डी अस्पताल ल्याइएको थियो ।

नेपाली औषधि उद्योगको अभिभावक मानिने अमात्य नेपाल औषधि उत्पादक संघ( एपोन)का पूर्व अध्यक्ष पनि हुन् । अस्पतालका अनुसार ६५ वर्षीय अमात्यको छ बर्ष अघि बाईपास सर्जरी गरिएको थियो । त्यसयता उनको मुटुको नियमित परीक्षण तथा उपचार भइरहेको थियो ।

तीस बर्ष अघि ७ वटा औषधि उत्पादन सुरु गरी नेपाली औषधि उद्योगमा प्रवेश गरेको एनपीएल यतिवेला सफल र स्थापित उद्योगमा दहरिएको छ । सो उद्योगले हाल २ सय ५० बढी किसिमका औषधिको उत्पादन गरिहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *