नेपाल क्यान्सर अस्पतालले एक महिनासम्म क्यान्सर सचेतना कार्यक्रम गर्ने

DSC03125

नेपाली हेल्थ / ललितपुर – नेपाल क्यान्सर सपोर्ट ग्रुपसंगको सहकार्यमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिले फेब्रअरी महिनालाई क्यान्सर सचेतना महिनाको रुपमा मनाउने भएको छ । विश्व क्यान्सर दिवस २०१६ को अवसरमा अस्पतालले एक महिनाभर क्यान्सर सचेतना कार्यक्रम गर्न लागेको हो । हरेक बर्ष फेब्रअरी ४ लाई विश्व क्यान्सर दिवसको रुपमा मनाउने गरिन्छ ।

मंगलबार अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठले फेब्रअरी महिनाभर क्यान्सर रोगको बारेमा सचेतना तथा रोगबाट बच्न प्रारम्भिक स्वास्थ्य परीक्षण सिविर आयोजना गर्ने बताए । त्यस्तै अस्पतालमा आउने विरामीका लागि म्यामोग्राफीमा ५० प्रतिशत छुट, सबै प्रकारका प्रयोगशाला परीक्षणमा २५ प्रतिशत छुट दिने व्यवस्था समेत मिलाएको छ ।

क्यान्सर रोग उपचारका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने उदेश्यले दुई बर्ष अघि स्थापित नेपाल क्यान्सर अस्पतालले छोटो समयमै आफूलाई अव्वल दर्जामा उभ्याउन सफल भएको छ । अत्याधुनिक प्रविधि र दक्ष चिकित्सकका कारण छोटो समयमै सफलता पाएको अध्यक्ष डा श्रेष्ठ बताउछन् ।

दिवसकै अवसरमा अस्पतालले बुधबार क्यान्सर प्रभावित व्यक्ति, प्रभावित व्यक्तिका परिबार तथा सर्वसाधारणका लागि रोगबारे अन्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा विशेषज्ञ चिकित्सकहरु र प्रभावित व्यक्ति तथा सर्वसाधारणबीच रोगका बारेमा अन्र्तक्रिया कार्यक्रम भएको थियो ।

DSC03172
ग्लोबोक्यान २०१२ को तथ्याङ्क अनुसार प्रत्येक वर्ष विश्वभर १ करोड ४१ लाख मानिसहरुमा क्यान्सर पत्ता लाग्ने गरेको पाइन्छ । यसै तथ्याङ्क अनुसार विकासोन्मुख देशहरुमा वर्षेनी ८० लाख क्यान्सरको नयाँ बिरामीहरु पत्ता लाग्छन् भने ५३ लाखले क्यान्सरका कारण ज्यान गुमाई राखेका हुन्छन् ।

विश्व स्वास्थ्य संगठनले सन् २०१४ मा निकालेको तथ्याङ्क अनुरुप वर्षेनी नेपालमा १४ हजार जना मानिसहरु क्यान्सरको कारणबाट मृत्यु हुने गरेको छ । त्यस्तै प्रत्येक बर्ष १० हजार ६३४ जना मानिसहरुमा क्यान्सर पत्ता लाग्ने गरेको पाइन्छ । डा. श्रेष्ठले क्यान्सर रोगको ७० देखी ८० प्रतिशत कारण धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवननै भएको बताए ।

क्यान्सर सरभाइभरसिप क्लिनिकको शुभारम्भ 

यसैबीच नेपाल क्यान्सर अस्पतालले क्यान्सर सरभाईभरसिप क्लिनिक सञ्चालनमा ल्याएको छ । विश्व क्यान्सर दिवसको अवसर पारी मंगलबार अस्पतालद्धारा आयोजित विशेष समारोहमा पूर्वप्रधान सेनापति रुक्मागत कटुवालले सो क्लिनिकको शुभारम्भ गरे ।

सो अवसरमा उनले नेपालमै अन्तराष्ट्रिय स्तरको क्यान्सर रोगको उपचार गर्ने संस्था विस्तार गर्ने तथा प्रविधिको विकास गर्ने काम गरेको भन्दै अस्पताल व्यवस्थापनको प्रशंसा समेत गरे ।

सो क्लिनिकमा क्यान्सर पुष्टि भएपछि रोगको बारेमा जानकारी, अपनाउनुपर्ने सतर्कता तथा समाधानका उपायबारेमा विशेषज्ञसंग छलफल गरिन्छ । साथसाथै सम्भावित मनोसामाजिक तथा शारीरिक परिवर्तनबारे जानकारी दिने दीर्घकालन हेरविचारको योजना बनाउने तथा परिवारका सदस्यहरु प्रति पनि सचेतना आदान प्रदान गर्ने व्यवस्था समेत मिलाइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *