एघार हजार दृष्टिविहीनमा नानी प्रत्यारोपण

Tilganga-1_308_206

नेपाली हेल्थ /काठमाडौँ – तिलगंगा आँखा प्रतिष्ठानले २० वर्षको अवधीमा ११ हजार जनालाई नयाँ दृष्टि दिलाउन सफल भएको छ । यो अवधीमा ६३ हजारले मृत्यु पर्यन्त आँखाको नानी दान गर्ने प्रतिवद्धता जनाएका छन् ।

सन् १९९४ मा प्रतिष्ठानले आँखा बैक स्थापना गरेयता मृत्युपर्यन्त आँखाका नानी दान गर्नेहरुबाट संकलन गरेका नानी दृष्टि विहीनहरुलाई प्रत्यारोपण गरेको हो ।

आँखा बैकले मृत्यु पश्चात आँखाको नानी दान गर्ने दाताहरुबाट नानी संकलन,परीक्षण र संचय लगायत आवश्यक परेकालाई नानीहरु उपलब्ध गराउने गर्छ । शुरुवातको अवस्थामा पशुपतिको आर्यघाट लगायत विभिन्न ठाँउमा गएर आँखा दान सम्बन्धि मानिसहरुमा जनचेतना जगाई मृत्युभएकाहरुबाट नानी ल्याउने गरिन्थ्यो । तर अहिले भने उपत्यकाका तीन ठूला अस्पतालहरु वीर अस्पताल, त्रि.वि.शिक्षण अस्पताल र पाटन अस्पतालमा आँखा बैकंबाट खटाइएका परामर्शदाताहरुले परामर्श गर्ने काम पनि गरिन्छ, जसको माध्यमबाट आँखा दान गर्नेको संख्या बढ्दो छ ।

यसैबीच प्रतिष्ठानले मृत्युपर्यन्त आँखा दान गर्नेहरुका लागि सम्झदै श्रदान्जली सभाको आयोजना गर्दै छ । सोमबार आयोजना गर्ने सभामा मृत्युपर्यन्त आँखा दान गर्नेका परिबार तथा ज्योति प्राप्त गर्नेहरु उपस्थित हुनेछन् ।

प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्ले धेरै भन्दा धेरै मानिसहरुलाइ मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न र गराउन, दाताको परिवारलाई धन्यवाद दिन, आँखाको नानी पाएका व्यक्तिहरुको अनुभव आदानप्रदान गर्न र दिवंगत आत्माको चिरशान्तिको लागि सामूहिक श्रद्धाञ्जली अर्पण गर्नु यस सभाको गर्न लागेको बताइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *