सेवा बहिस्कार गरि अस्पताल बाहिर धर्ना दिने नर्सिङ संघको तयारी

नेपाली हेल्थ / काठमाडौँ – सरकारले आफ्ना माग पुरा नगरे देशभरका नर्सहरु सेवा छाडेर अस्पताल बाहिर बस्ने नेपाल नर्सिङ संघले जनाएको छ । आफूहरुका मागका सम्वन्धमा स्वास्थ्यमन्त्री रामजनम चौधरीले १८ माघ सम्म पर्खिन भनेकाले समय दिएको भन्दै संघले सो अवधीमा माग पुरा नहुने देखिए लगत्तै अस्पतालको सेवा बहिस्कार गरि आन्दोलनमा उत्रने संघले जनाएको छ ।tara1

संघले मन्त्रालयमा अधिकार सहितको नर्सिङ महाशाखा, विभाग अन्तर्गतका महाशाखा मध्ये कम्तिमा दुईवटा विभागको प्रमुख नर्सिङ क्षेत्रबाट हुनुपर्ने, बिरामी नर्स अनुपात कायम गर्नुपर्ने, नर्सलाई स्वयंसेवाको रुपमा लगाउन नपाइने लगायतका माग अघि सारेको छ ।

संघकी अध्यक्ष तारा पोखरेलले आफूहरुको माग एकदमै सहज र साधारण भएको भन्दै माग पुरा हुनेमा विस्वस्त रहेको बताइन । तर १८ गतेको बार्तामा कुरा नमिले तत्काल आन्दोलनमा उत्रने चेतावी दिइन । उनले आन्दोलनको स्वरुप समेत तय भइसकेको जनाइन । ‘अस्पताल पुग्छौँ हाजिर गर्छौ तर चौरमा बस्छौँ । नर्सको महत्व नदेख्ने मन्त्रालयले आएर हाम्रो काम गर्छ,’ पोखरेलले बताइन ।

उनले विरामीलाई मर्का पर्छ भन्दै आफूहरु माथि भएको अन्याय समेत चुप लागेर सहेका नर्सहरु अव अधिकार प्राप्तिका लागि कडाँ आन्दोलनमा जानुको विकल्प नभएको बताइन । ‘यसपटक हामी पूर्ण तयारीमा छौँ । कि त माग पुरा हुन्छ कि त नर्सहरु आन्दोलनमा जान्छन्,’ नेपाली हेल्थसंग उनले भनिन, ‘पहिलो चरणमा सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सले सेवा छाड्ने र माग पुरा नभए दोस्रो चरणमा निजी क्षेत्रका अस्पतालमा कार्यरत नर्सले सेवा छाड्ने छाड्ने छन् ।’

यता चिकित्सा शिक्षा सुधारका लागि भन्दै पटक पटक आमरण अनसन बसेका डा गोविन्द केसीले माग पुरा नभए सोमबारबाट पुन आठौँ चरणको अनसन सुरु गर्ने घोषणा गरिसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *