कसरी बनाउने सन्तुलित आहार ?

डा प्रकाशराज रेग्मी (बरिष्ट मुटुरोग विशेषज्ञ)
डा प्रकाशराज रेग्मी
(बरिष्ट मुटुरोग विशेषज्ञ)

नेपाली हेल्थ 

– घिउ तेल तथा अन्य चिल्लोको मात्रा जतिसक्यो कम प्रयोग गर्ने । खाना पकाउनका लागि घिउको सट्टा शुद्ध तोरिको तेल नै प्रयोग गर्ने ।

– नून दैनिक ३ देखी ५ ग्राम भन्दा बढी प्रयोग गर्नु हुदैन । नून थपेर खाने बानी गर्नु छोडनु राम्रो हुन्छ ।

– विहान बेलुकीको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तिमा एक पल्ट फलफुल खानुपर्छ ।

– बेलुकीकोको खानामा २– ३ वटा सुख्खा गहुको रोठी साग र मौसमी तरकारी भएको राम्रो । बेलुकीको खाना ८ बजेभित्र खाईसक्नु पर्छ । विहानको एक छाक मात्र भात खाने गर्नु राम्रो । तर खानको मात्रा सबैका लागि एकनास भने हुदैन । धेरै शारीरक काम गर्नेले धेरै खानुपर्छ , थोरै काम गर्नेले थोरै खानुपर्छ । काम कम माम धेरै गर्नुहुदैन । बेलुकीको खाना खाएपछि तुरुन्त सुत्नु हुदैन । कम्तीमा १ –२ घण्टा पछि मात्रा सुत्नु पर्छ ।

– शाकहारी भोजन मुटुरोगका लागि फाइदा जनक हुन्छ । तर नियन्त्रित रुपमा माछामासु खाएमा हानी हुदैन । खसी, राँगो र बंगुरको मासुले कोलेस्टेलोर बढाउछ । माछा र कुखुराको मासलुे कम बढाउछ । चिल्लो नराखी माछा र कुखुराको मासु पकाई खादा हानी गर्दैन । माछामासु विहान र दिउसोको खानामा मात्र प्रयोग गर्नु राम्रो । बेलुकी माछा मासु नखानु नै स्वास्थ्यका लागि लाभदायक छ ।

balance died

– उच्च फाइबर युक्त खानाले मुटुलाई फाईदा गर्छ । खानामा फाइबरको प्रमुख स्रोत गहु, गेडागुडी, हरियो सागपातहरु नै हुन । अंकुरित गेडागुडी खानु अझ बढी लाभदायक हुन्छ । फापर, कोदो, जौ, मकै आदिले पनि मुटुलाई फाईदा पुर्‍याउछ ।

– गाँउघरमा धेरै प्रयोगमा आउने गुन्द्रुक, आटो, फापरको रोटी, कोदोको रोटी, कुरिलोको सुप , कोइरालाको अचार , केराको बुगाको अचार, निउरीको तरकारी , लौकाको तरकारी, तिते करेलाको अचार, भुटेको मकै, भटमास, चना केराउ, दाते ओखर आदि मुटुको लागि अत्यन्त लाभदायी मानिन्छ ।

– स्वस्थ्य मुटुका लागि खाना थोरैथोरै तर धेरैपल्ट खानु उचित हुन्छ । दुई छाक खाने तर पेट कसेर खाने, अनि खाने वित्तकै सुत्ने † यो मुटुका लागि अत्यन्तै खतरनाक बानी हो ।

– खानामा कोलेस्टेरोले मात्रा जति कम भयो मुटुलाई त्यति हानी कम हुन्छ ।

– बेलुकीको खानामा दैनिक एक पोटी काचो लसुन खादा फाइदा हुन्छ । यसले रगतको कोलेस्टेरोल घटाउछ साथै एस्पिरिनले जस्तै रगतलाई पातलो पनि पार्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *