चिकित्सकको लाइसेन्स परीक्षामा सहभागी दुई जना नक्कली परीक्षार्थी पक्राउ

नेपालीहेल्थ / काठमाडौँ १२ मंसिर-

नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सकको लाइसेन्स परीक्षामा सहभागी दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
काउन्सिल स्रोतका अनुसार नवीन कुमार यादवको नामबाट परीक्षा दिने डा. सुशील मण्डल र सरोज साहको नामबाट परीक्षा दिएका आइओएमको महाराजगञ्ज क्याम्पसमा एमविविएस अध्ययनरत इन्टर्न विद्यार्थी  नीरज शर्मा रहेका छन् ।

काठमाडौंको स्वयंभू सानो भर्‍याङस्थित आर्मी प्रतिष्ठानमा शनिबार विहान ९ बजे देखी सुरु भएको  काउन्सिलको परीक्षामा पक्राउ परेका डा मण्डल सन २०१३ मा नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त चिकित्सक हुन । शर्मा भने आइओएम महाराजगञ्ज क्याम्पसका पाचौँ बर्षका इन्टर्न विद्यार्थी हुन् । उनीहरुले सक्कली परीक्षार्थीको प्रवेश पत्रमा फोटो परिवर्तन गरी परीक्षा हलमा प्रवेश गरेका थिए ।

काउन्सिलले यसपटक देखी परीक्षा दिन प्रवेश पत्रमा फोटो, औठाछाप र हस्ताक्षर अनिबार्य गरेको थियो । सोही हस्ताक्षर र औठाछाप रुजुगर्दा पक्राउ परेको स्रोतको दावी छ । शनिबार भएको परीक्षामा एमविविएस तर्फ ४७२ र विडिएस तर्फ ४१ गरी ५१३ जनाले सहभागिता जनाएका थिए । त्यसमध्ये २ जना नक्कली र १ जनाको कागजपत्र नमिलेको गरी ३ जनाको परीक्षा स्थगित गरेको काउन्सिलले जनाएको छ । 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *