‘स्वयंसेवी नलागी रगतको संकट टर्दैन’

काठमाडौ,२२ कात्तिक –

For Mail-1 (1)

भारतीय नाकाबन्दीका कारण रगत संकलनमा समेत समस्या परेको जानकारी आएको भन्दै त्यसको व्यवस्थापनमा स्वयंसेवी रक्तदाताहरु लाग्नुपर्ने औषधी व्यवस्था विभागका महानिर्देशक डा बालकृष्ण खकुरेलले बताएका छन् । संकटका बेला स्वयंसेवीको महत्वपूर्ण भूमिका हुने भन्दै व्लोदानलाई अझ क्रियाशिल हुन आग्रह गरेका छन् ।

विजयादशमी, दीपावली,नेपालसम्वत ११३६ तथा छठ पर्वको अवसर पारी ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)द्धारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम बोल्दै डा खकुरेलले सबै स्वयंसेवीहरु एकजुट भएमा जस्तो सुकै संकट टर्नसक्ने भन्दै त्यसरी प्रस्तुत हुन आग्रह गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनीले स्वयंसेवीहरुको योगदानमा होष्ठेमा हैसे गर्न सरकारले राष्ट्रिय रक्तसंचार व्यूरोले गठन गरेको भन्दै व्यवस्थापनमा सहजकर्ताको भूमिका निभाउने बताएका छन् ।

ब्लोदानका अध्यक्ष महेन्द्रविलास जोशीले राष्ट्रिय रक्त कार्यक्रमलाई सफल बनाउन नेपाल सरकार, स्वयंसेवी रक्तदानमा आवद्ध संघसंस्थाहरु र रक्तसंचार केन्द्रबीच समन्वय हुनुपर्ने बताउ“दै राष्ट्रिय रक्त कार्यक्रमको सफलताको लागि ब्लोदान जिम्मेवारीपूर्वक लागिरहने बताए । उनले विरामीको उपचारको क्रममा आवश्यक रगत दान गरी मानवीय सेवा कार्यमा सहभागी हुने सम्पूर्ण स्वयंसेवी महानुभावहरु, रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरु लगायत प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्ने व्यक्ति तथा संस्था धन्यवादको पात्र रहेको बताए ।

ब्लोदानकेन्द्रीय, जिल्ला, क्षेत्रीय तथा भातृ संस्था, फ्रेण्डस् अफ आरएच नेगेटिभ, क्लब २५ नेपालका पदाधिकारीहरुको उपस्थिति रहेको व्लोदानका महासचिव इ. सानुबाबु प्रजापतिले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *