ब्रिफिङ

पछिल्लो चौविस घण्टामा देशभर ३२३ जनामा कोरोना संक्रमण

काठमाडौँ, २७ जेठ । पछिल्लो चौविस घण्टामा देशभर ३२३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले बागलुङ, नवलपुर, बाँके, जुम्ला, धनुषा, कपिलवस्तु, महोत्तरी, नवलपरासी, नुवाकोट, रौतहट, सर्लाही, सिराहा, म्याग्दी लगायतका जिल्लाहरुबाट सो संख्या थप भएको बताए ।