पीसीआर किट

कोरिया सरकारद्धारा ५० हजार थान पीसीआर किट सहयोग

काठमाडौ, २ जेठ । दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोइका)ले आज ७ लाख ६५ हजार अमेरिकी डलर बराबरको परीक्षण उपकरण आज सरकारलाई हस्तान्तरण गरेको छ ।