कोरोनाभाइरस

कोरोना असर : उपत्यका प्रवेशमा कडाइ गर्ने सिसिएमसीको निर्णय

काठमाडौँ, १६ असार ।  सरकारले अनिवार्य होम क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टर (सिसिएमसी) को सोमबार बसेको बैठकले होम क्वारेन्टिन बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको हो ।

कोरोना अपडेट : विश्वभर ४ लाख ८५ हजारको मृत्यु

जेनेभा, ११ असार । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८५ हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भारतमा एकैदिनमा झण्डै ११ हजार संक्रमित, ३९६ को मृत्यु

नयाँदिल्ली,३० जेठ । भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा करिब ११ हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९५६ जना संक्रमित भएको पुष्टि भएको हो ।

दक्षिण कोरियामा रेमडेसिभर औषधिको प्रयोगमा अनुमति

सियोल, २१ जेठ । दक्षिण कोरियाले कोरोनाभाइरसका विरामीको उपचारका लागि एन्टिभाइरल औषधि रेमडेसिभर प्रयोग गर्न अनुमति दिएको छ । यो अनुमति दिएसँगै कोरोनाभाइरसको उपचारका लागि यस औषधिको आयात गर्न सहज भएको छ ।