बागमतीका मुख्यमन्त्री जम्मकट्टेल विरामी, हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो

208
Shares

 

काठमाडौँ, २५ वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल विरामी परेका छन् ।

खानेपानी आयोजना उद्घाटनका लागि सिन्धुली हुँदै रामेछाप जाने क्रममा उनको स्वास्थ्यमा समस्या देखापरेको थियो । उनको स्वास्थ्य प्रतिकूल भएपछि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको र अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

उनलाई निरन्तर भोमिट भएको र न्यून रक्तचाप (प्रेसर लो) को समस्या देखिएको बताइएको छ । साथै, मुख्यमन्त्री जम्मकट्टेलमा अक्सिन लेवल पनि कम देखिएको बताइएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *