नक्कली प्रमाणपत्र लिएको आरोपमा अहेव भट्टराईविरुद्ध मुद्दा दायर

48
Shares

काठमाडौँ, २० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र लिएको आरोपमा स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव दुर्गा प्रसाद भट्टराईविरुद्ध आरोप पत्र दायर गरेको छ ।

अख्तियारले अहेव भट्टराईको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीको आधारमा छानबिन गर्दा सो प्रमाण पत्र नक्कली रहेको भेटिएपछि मुद्दा दायर गरेको जनाएको छ ।

अख्तियारले सो कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६९१० बमोजिमको कसुर भएको हुँदा भट्टराईलाई सोही ऐनको दफा १६९१० बमोजिम कैद र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप-पत्र दायर गरेको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *