मधेस प्रदेशको स्वास्थ्य मन्त्रीमा शत्रुधन सिंह नियुक्त

काठमाडौँ, १६ वैशाख । मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा शत्रुधन सिंह नियुक्त भएका छन् ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गर्दै सिंहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
त्यसैगरी मुख्यमन्त्री यादवले केशव रायलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
मुख्यमन्त्री यादवले नेकपा एमाले, जसपा, माओवादी केन्द्र र जपालाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका हुन् । विस्तारित मन्त्रिमण्डल १५ सदस्यीय बनेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




