प्राडा रमेश सिंह भण्डारीको अध्यक्षतामा एकेडेमी अफ जीआई एण्ड एचपीबी सर्जन्स नेपाल गठन

काठमाडौँ, २ बैशाख । कलेजो प्रत्यारोपण तथा ग्यास्ट्रो सर्जन प्राडा रमेश सिंह भण्डारीको अध्यक्षतामा एकेडेमी अफ जीआई एण्ड एचपीबी सर्जन्स नेपाल (एजीएचएसएन) गठन भएको छ ।
गत शुक्रबार काठमाडौमा बसेको सर्जनहरुको भेलाले प्राडा भण्डारीको नेतृत्वमा एजीएचएसएन गठन गरेको हो । यो संस्थाले अध्ययन तथा अनुसन्धानका कार्यहरुमा सक्रिय हुने बताइएको छ ।
नव नियुक्त अध्यक्ष प्राडा भण्डारीका अनुसार गत शुक्रबार नेपालका विभिन्न अस्पतालमा कार्यरत जीआई तथा ग्यास्ट्रो सर्जनहरुको भेला भएका थिए । सोही भेलाबाट संस्था जन्मिएको हो ।
शुक्रबारको भेलाले एजीएचएसएनको उपाध्यक्षमा डा शरद पोखरेल, महासचिवमा डा नारायण बेलावासे, कोषाध्यक्षमा डा विष्णु कँडेल, सह(सचिवमा डा निराजन सुवेदी र डा निशान्त कोइराला चयन गरेको छ।
यसैगरी, सदस्यहरुमा डा नरेन्द्र पण्डित, डा नवीन पोखरेल, डा सुरेन्द्र साह, डा राजेश मण्डल, डा कुनाल देव रहेका छन्। एकेडेमीको साइन्टिफिक चेयरमा भने डा पलेशवा जोशी लाखे छिन्।
‘खासगरी पेट तथा कलेजो रोगका विषयमा एमसीएच गरेका चिकित्सकहरु यसमा आवद्ध हुनुहुन्छ । अहिले करीब ३५ जना छौँ । विस्तारै बर्षैपिच्छे यो संख्या बढ्दै जाने अपेक्षा छ । हामीले खासगरी एकेडेमिक र रिसर्चलाई फोकस गरेर काम अघि बढाउँछौँ,’ प्राडा भण्डारीले भने ।
नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुने बताइएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




