चिकित्सा शिक्षा सम्वन्धी जाँच बुझ आयोगको प्रतिवेदन छ बर्ष पछि सार्वजनिक

216
Shares

काठमाडौँ, २८ चैत । सरकारले चिकित्सा शिक्षा सम्वन्धी जाँचबुझ आयोग २०७४ को प्रतिवेदन छ बर्ष पछि सार्वजनिक गरेको छ । बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगले ६ बर्ष अघि तयार गरेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

मन्त्रालयले प्रतिवेदनमा औल्याइएका विषयबस्तुलाई कार्यान्वयनमा लैजाने बताएको छ ।

सरकारले डा गोविन्द केसीसंगको सम्झौँता अनुसार ४ बैशाख २०७४ मा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग बनाएको थियो। सो आयोगमा स्वर्गीय प्राडा उपेन्द्र देवकोटा र शिक्षा मन्त्रालयका तत्कालीन उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सूर्यप्रसाद गौतम सदस्य थिए।

सो प्रतिवेदनले थुप्रै त्रुटि औल्याउनुको साथै उच्च तहका पदाधिकारीहरुमाथि कार्वाहीको सिफारिस समेत गरेको छ ।

प्रतिवेदनको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *