ललितपुरको गोटिखेलमा बृहत जनस्वास्थ्य अभियान सम्पन्न

348
Shares

 

ललितपुर, २५ चैत । विश्व स्वास्थ्य दिवसको अवसरमा ललितपुरको दुर्गम मानिने गोटिखेलमा बृहत जनस्वास्थ्य अभियान तथा पोषण प्रर्वद्धन शिविरको आयोजना गरिएको छ ।

जनस्वास्थ्य कार्यालय ललितपुर र महाँकाल गाउँपालिकाको संयुक्त आयोजनामा भएको उक्त शिविरमा ६४० जना स्थानीयले स्वास्थ्य सेवा लिए ।

सो शिविरमा दन्त रोग, जनरल मेडिसिन सेवा, स्त्री रोग आँखा जाँच, छाला रोग, प्रयोगशाला सेवा नसर्ने रोग स्क्रिनिङ, क्षयरोग निदानका लागि एक्सरे सेवा भिडियो एक्सरे सेवा, इसिजी सेवा, बालरोग सेवा र पोषण प्रवद्र्धन सेवा सञ्चालन गरिएको थियो ।

शिविर पछि गाउँपालिका अध्यक्ष गणेश केसीले यस प्रकारको बृहत एवं धेरै सेवाहरु समेटिएरको जनस्वास्थ्य अभियान पालिकामै पहिलो पटक भएको बताए । उनले आफ्नो पालिकामा शिविर राखेर स्थानीयले स्वास्थ्य जाँचको लागि अवसर पाएको भन्दै खुशी व्यक्त गरे ।

यता जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा भुवन पौडेलले योजना अनुसार नै जिल्लाको दुर्गम क्षेत्रमा शिविरको रुपमा उपचारात्मक, प्रर्वद्धनात्मक र निदानात्मक सेवा उपलव्ध गराउन सकिएको बताए ।

उनले शिविरका लागि सहयोग गर्ने गाउपालिका तथा विभिन्न सघं संस्थालाई धन्यवाद दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *