‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को पूर्वाधार विकास समितिको अध्यक्षमा डा.पशुपति चौधरी नियुक्त

400
Shares

काठमाडौँ, २२ चैत । सरकारले ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ को पूर्वाधार तथा विकास समितिको अध्यक्षमा डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्री परिषद्को बैठकले प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा डा. चौधरी र सदस्य पदमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकले चौधरीलाई अध्यक्ष र सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी गराईन् ।

यस्तै, बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्य पदमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय पनि भएको प्रवक्ता शर्माले बताइन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *