क्षयरोगबारे सचेतना फैलाउन डब्लुएचओ नेपालको अगुवाईमा ‘वाक द टक’ (फोटो फिचर)

96
Shares

काठमाडौँ, ११ चैत । आज विश्व क्षयरोग दिवस । नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ ।  नेपालमा आजकै दिन होली पर्व परेकोले सरकारले गत शुक्रबार नै औपचारिक कार्यक्रम गरी यो दिवस मनाएको थियो ।

तर, विश्व स्वास्थ्य संगठन नेपालको अगुवाईमा आज विहान पाटन दरवार स्क्वायर क्षेत्रमा वाक द टक कार्यक्रमको आयोजना गरिएको छ ।

क्षयरोगबारे सचेतना फैलाउने उदेश्यले गरिएको सो कार्यक्रममा डब्लुएचओ नेपाल प्रमुख डा राजेश सम्भाजी राव पाण्डवको अगुवाईमा १०० बढी अभियन्ताहरुको सहभागिता थियो । सहभागीहरुले क्षयरोगबारे सचेतनामुलक व्यानर तथा पोष्टरको प्रदर्शन गरेका थिए ।

‘हो,  हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने मूल नाराका साथ आज विश्वभर यो दिवस मनाइदै छ ।

डब्लुएचओले गतवर्षको अनुमानित तथ्यांक प्रस्तुत गर्दै नेपालमा बार्षिक ७० हजार नयाँ क्षयरोगी थपिने र १८ हजार बढीले ज्यान गुमाउने बताएको छ ।

हेर्नुहोस् ‘वाक द टक’को फोटो फिचर….

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *