सालनालसहित नवजात शिशु भेटियो

132
Shares

काठमाडौँ, ७ चैत । स्याङ्जाको चापाकोट नगरपालिका–९ स्थित सामुदायिक वनमा बेवारिसे अवस्थामा नवजात शिशु  भेटिएको छ।

बुधबार दिउँसो बेवारिसे अवस्थामा(सालनाल नछुटिएको ) नवजात शिशु (छोरी) देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।

जंगलमा सालनालसहित भेटिएको शिशुको चापाकोट नगर अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचारका लागि पोखरा पठाइएको छ।

सालनालसहित भेटिएको शिशु कस्को हो भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *