टोखा नगरपालिकामा आजदेखि ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ सुरु

48
Shares

काठमाडौँ, ४ चैत । काठमाडौँको टोखा नगरपालिकामा ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम सुरु गरिएको छ ।

टोखाले नगरभित्रका ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने उद्देश्यले आजदेखि मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको हो । उक्त अभियान टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा सुरु गरिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले पालिकाभित्रका ज्येष्ठ नागरिकलाई स्वस्थ्य बनाउनका लागि उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए । “विगतका दिनमा नगरपालिकाले सुरु गरेको अभियानमा उत्साहपूर्वक जनसहभागिता देखिएपछि मेयर दीर्घायु कार्यक्रमलाई निरन्तरता दिएका हौँ”,उनले भने।

टोखाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले टोखाका बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखेर उक्त अभियान सञ्चालन गरिएको बताए। पालिकाले उक्त कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक नीति तथा कानुन निर्माण गरिसकेको उनले जानकारी दिए।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले उक्त अभियानका लागि टोखाले चालू आवमा रू ६५ लाख बजेट विनियोजन गरेको जानकारी दिए । टोखाले उक्त अभियानलाई विगत चार वर्षदेखि सञ्चालन गरिरहेको भन्दै यस वर्षका लागि आजदेखि सुरुवात गरिएको उनको भनाइ छ ।

उक्त अभियानलाई आगामी दिनमा टोखा–११ को सहरी स्वास्थ्य केन्द्रबाट पनि सुरु गरिने गरपालिकाले जनाएको छ । अभियानअन्तर्गत ज्येष्ठ नागरिकको ‘होलवडी’ चेकजाँच गरिनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *