जापानद्वारा काठमाडौँ क्यान्सर सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ, २९ फागुन । जापान सरकारले भक्तपुर जिल्लामा रहेको काठमाडौँ क्यान्सर सेन्टरमा स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ ।
चाँगुनारायण नगरपालिकामा आयोजित कार्यक्रममा जापानी राजदूत किकुता युताकाले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
जापान सरकारले ७४ हजार ३३ अमेरिकन डलर बराबरको मेडिकल उपकरण हस्तान्तरण गरेको छ । जापानले क्यान्सर सेन्टरलाई अपरेसन रुमका लागि क्यामरा मोनिटर र लाइटहरु सहयोग गरेको छ ।
राजदूत किकुताले यी सामाग्रीहरुले स्वास्थ्य सेवा उपलबध गराउन सहज हुने विश्वास व्यक्त गरे । काठमाडौँ क्यान्सर सेन्टर सन् २०१६ मा स्थापना भएको हो । सेन्टरले क्यान्सरको उपचार र परामर्श प्रदान गर्दै आएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

