जापानद्वारा काठमाडौँ क्यान्सर सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

24
Shares

काठमाडौँ, २९ फागुन । जापान सरकारले भक्तपुर जिल्लामा रहेको काठमाडौँ क्यान्सर सेन्टरमा स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ ।

चाँगुनारायण नगरपालिकामा आयोजित कार्यक्रममा जापानी राजदूत किकुता युताकाले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

जापान सरकारले ७४ हजार ३३ अमेरिकन डलर बराबरको मेडिकल उपकरण हस्तान्तरण गरेको छ । जापानले क्यान्सर सेन्टरलाई अपरेसन रुमका लागि क्यामरा मोनिटर र लाइटहरु सहयोग गरेको छ ।

राजदूत किकुताले यी सामाग्रीहरुले स्वास्थ्य सेवा उपलबध गराउन सहज हुने विश्वास व्यक्त गरे । काठमाडौँ क्यान्सर सेन्टर सन् २०१६ मा स्थापना भएको हो । सेन्टरले क्यान्सरको उपचार र परामर्श प्रदान गर्दै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *