वीर अस्पतालले बिद्युतीय तरङ्ग दिई मस्तिष्क सञ्चालन गर्ने उपचार विधि सञ्चालनमा ल्याउँदै

316
Shares

काठमाडौँ, २४ फागुन । वीर अस्पतालले विद्युतीय तरङ्ग दिई मस्तिष्क सञ्चालन गर्ने उपचार विधि डीप ब्रेन स्टिमुलेसन (डीबीएस) भागल नर्भ स्टिमुलेसन (भीएनएस) तथा अन्य उपचार विधि सञ्चालनमा ल्याउने भएको छ ।

औषधिहरुले सञ्चो नभएका पार्किन्सन्स, छारे रोग, शरीर कम्पन जस्ता समस्या भएका बिरामीहरुका लागि वीर अस्पतालको न्युरो सर्जरी विभागले यो नयाँ उपचार विधि सञ्चालनमा ल्याउन लागेको हो ।

अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख प्राडा राजीब झाले पार्किन्सन रोग, छारे रोग, डिप्रेसन, शरीरिक कम्पन (मुभमेन्ट डिसअर्डर) डिस्टोनिया र ओसीडी जस्ता अवस्थाको लागि परम्परागत उपचारहरुमा सन्तोषजनक रुपमा सुधार हुन नसकेका बिरामीका लागि व्याटरीबाट विद्युतीय तरंग दिई मस्तिष्कलाई सञ्चालन ल्याउने विधि सुरु गर्न लागिएको बताए ।

उनले औषधिहरुले सञ्चो नभएका यस्ता बिरामीहरुका लागि डीबीएस र भीएनएस लगायतका यी नयाँ विधि सञ्चालनमा ल्याउन लागिएको बताए ।

अस्पतालले यो विधिबाट उपचारका लागि बिरामीहरुको छनौट गर्नै कार्य आगामी १८ चैतसम्म न्युरो सर्जरी विभागको ओपिडी कोठा नं ४३१ मा सञ्चालन गरिएको समेत उल्लेख गरेको छ ।

अस्पतालले बिहीबार एक सूचना प्रकाशित गर्दै औषधिहरुले सञ्चो नभएका पार्किन्सन्स, छारे रोग, शरीर कम्पन जस्ता समस्या भएका बिरामीहरुले सम्पर्क गर्न समेत भनेको छ ।

अस्पतालका निर्देशक डा सन्तोष पौडेलले न्युरो विभागले नयाँ उपचार पद्धती सञ्चालन गर्न लागेको भन्दै यस्ता समस्या भएका बिरामीहरुले लाभ लिन आग्रह गरे । उनले आगामी १८ चैतसम्म तोकिएको कोठामा हरेक दिन मध्यान्न १२ देखि १ : ३० बजेसम्म आएर सम्पर्क गर्न समेत भनेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *