आज तीन पार्टीबाट तीन मन्त्रीले मात्रै सपथ लिने

380
Shares

काठमाडौँ, २१ फागुन । नयाँ सत्ता गठबन्धनबाट आज तीन जना मन्त्री बन्ने भएका छन् । नयाँ गठबन्धनको आज बसेको बैठकले एमालेबाट पदम गिरी, माओवादीबाट हितवहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले सो को जानकारी राष्ट्रपति कार्यलयमा पठाइसकेका छन् ।

आज नियुक्त हुने मन्त्रीहरुको मन्त्रालय भने टुंगिईसकेको छैन् । आज विना विभागीय मन्त्रीको रुपमा शपथ हुने छ । थप मन्त्री बिस्तार हुँदा जिम्मेवारी तोकिनेछ । बालुवाटार स्रोतले भन्यो ।

रातारात विकसित भएको राजनीतिक नयाँ घटनाक्रमले अब पुरानो गठबन्धनबाट सत्ता साझेदार बनेको नेपाली कांग्रेस सत्ता बाहिर हुने र बाहिर रहेको एमाले र रास्वपा सत्तामा सहकार्य गर्ने अवस्था भएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *