बीपी प्रतिष्ठानका निलम्बित उपकुलपति डा गिरीले पाए सफाई, पुरानै जिम्मेवारीमा फर्किने तयारी

काठमाडौँ, १७ फागुन । प्राध्यापक पद दुरुपयोग गरेको आरोप लागेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा ज्ञानेन्द्र गिरीले विशेष अदालतबाट सफाई पाएका छन् ।

बुधबार विशेष अदालतका न्यायाधीसद्धय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले डा गिरीलाई सफाइ दिएको हो।

डा गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ माघ २०७९ सालमा नपाएको ओहोदा पाएँ भनी भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्धा दायर गरेको थियो।

बुधबार विशेष अदालतले सोही मुद्धामा मतियार बनाइएका विराट मेडिकल कलेजका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीलाई पनि सफाइ दिएको छ। सफाई पछि प्राडा कार्कीले अदालतले आफूमाथि न्याय गरेको प्रतिक्रिया दिए।

अदालतले डा गिरी नियुक्ति खान उनले नपाएको ओहोदाको कागजपत्र प्रयोग नगरेको, उक्त प्राध्यापक पदका आधारमा भ्रष्टाचारलगायतका अन्य काम नभएको भन्दैं उनलाई सफाइ दिएको हो।

विशेषको यो आदेशसँगै डा गिरी प्रतिष्ठानमा उपकुलपतिका रुपमा काम गर्न जाने भएका छन्।

डा गिरी निलम्बित भएपछि प्रतिष्ठानमा डा प्रह्लाद कार्कीले कामु उपकुलपतिको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *