बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

काठमाडौँ, १४ फागुन । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । बिरामी बोक्ने एम्बुलेन्समा गाँजा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।
आइतबार बिहान सशस्त्र प्रहरीले गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।
चतराबाट सूर्यकुण्ड जाने भित्री सडक खण्डमा शङ्कास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३.१३० केजी गाँजा सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए।
बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको जनाएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

