मानसिक स्वास्थ्यमा सरकारले चासो देखाएन : सांसद बराल

84
Shares

काठमाडौँ, १३ फागुन । नेकपा एमालेकी सांसद सुनिता बरालले मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले मानसिक रोगप्रति सरकारले विभिन्न रणनीतिक योजना बनाएर काम गर्न आवश्यक रहेको बताइन् ।

उनले आत्महत्याको समस्या पछिल्लो समय झनै बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । मानसिक समस्याका कारण समाजमा अपराध र आपराधिक घटना बढिरहेको भन्दै उनले मानसिक स्वास्थ्यमा सरकारले चासो नदिएको आरोप लगाइन् ।

उनले सूचना, प्रविधि र डिजिटलाइजेशनका कारण सामाजिक समस्या बढिरहेको बताइन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *