राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक जनरल सर्जरी वार्ड सञ्चालन

124
Shares

काठमाडौँ, १० फागुन । दाङ घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अत्याधुनिक जनरल सर्जरी वार्ड सञ्चालनमा ल्याएको छ ।

प्रतिष्ठानले ३० शय्याको सर्जरी वार्ड सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले प्रतिष्ठानको सेवा विस्तारमा दिनरात लागि परेको भन्दै नयाँ सर्जरी वार्ड सञ्चालन गर्न पाउँदा खुसी लागेको बताए ।

प्रतिष्ठानका डाक्टर, कर्मचारी, नर्स, स्वास्थ्यकर्मीहरुको सामूहिक पहलमा प्रतिष्ठानको सेवा विस्तार भइरहेको भन्दै अस्पताल सेवालाई अझै व्यवस्थित र सुविधा सम्पन्न बनाउने गरी विभिन्न कामहरु अघि बढाइरहेको उनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *