प्राध्यापक डा. ऋतुप्रसाद गडतौलाको निधन

388
Shares

काठमाडौँ, ४ फागुन । नेपालको जनस्वास्थ्यका पायोनियर प्राध्यापक डा. ऋतुप्रसाद गडतौलाको निधन भएको छ । ७२ वर्षीय डा. गडतौलाको शुक्रबार विहान १ बजे उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । परिवारका  अनुसार उनी स्ट्रोकबाट पिडित थिए ।

नेपालमा मेडिकल एन्थ्रोपोलोजीका पहिलो पिएचडी डा.गडतौलाले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा लामो समय अध्यापन गराएका थिए ।

उनले ३०—३२ वर्ष आईओएममा बीपीएच, एमपीएचको शिक्षक भएर अध्यापन गराएका थिए । उनी जनस्वास्थ्य पढाउने पहिलो पायोनियर शिक्षक हुन्। गडतौलाले मेडिकल एन्थ्रोलोजीमा कलकत्ताबाट पिएचडी गरेका थिए । उनी समाजकल्याण परिषद्का सदस्य सचिव पनि भएका थिए ।

डा. गडतौलाको शुक्रबार बिहानै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *