कलैया अस्पतालमा डायलासिस र एसएनसियू सेवा सुरु

92
Shares

बारा, ३ फागुन । प्रादेशिक अस्पताल कलैयामा मिर्गौलाका बिरामीलाई उपचार गर्न ‘डायलासिस’ र नवजात शिशु उपचार कक्ष ‘एसएनसियू’ सेवा सुरुआत गरिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले हिजो ती दुवै सेवाको शुभारम्भ गर्दै सरकारी अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गरे ।

आगामी दिनमा अस्पताललाई प्रदेशकै नमूना अस्पतालका रुपमा विकास गर्ने सोच प्रदेश सरकारको रहेको उनले जानकारी दिए ।

अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौलागाईँले अस्पतालमा स्वास्थ्यकर्मीको अभाव रहेको बताए । अस्पतालका प्रमुख डाक्टर अजय गुप्ताले अस्पतालको सेवालाई विस्तार गर्दै जाने नीति रहेको जानकारी दिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *