अर्थोपेडिक सर्जन डा. पौडेल सारस्वत रत्न पुरस्कारबाट सम्मानित

काठमाडौँ, २९ माघ । अर्थोपेडिक सर्जन प्राडा कृष्णप्रसाद सारस्वत रत्न पुरस्कारबाट सम्मानित भएका छन्। भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरीटेन्डेन्ट समेत रहेका डा पौडेलको कृति ‘लय छुटेको समय’का लागि यो पुरस्कार दिइएको हो।
रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले शनिबार एक कार्यक्रमबीच डाक्टर पौडेललाई संयुक्तरूपमा दोसल्ला ओढाएर सम्मानपत्र र नगदसहित यो पुरस्कार उपलब्ध गराएका हुन्। पुरस्कार अर्पण समारोहमा सम्मानित स्रस्टा पौडेलका मातापिता कपिलामणि पौडेल र तुलसी पौडेल पनि सहभागी थिए।
रत्ननगर नगरपालिकाबाट प्रकाशित सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिने सारस्वत रत्न पुरस्कार २०८० यो वर्ष डाक्टर पौडेलद्वारा लिखित लय छुटेको समयझलाई प्रदान गरिएको हो ।
प्रतिष्ठानले रत्ननगर नगरपालिकाका स्रस्टाले सिर्जना गरेका तथा प्रकाशन गरेका कृतिलाई पुरस्कार दिइने योजना अनुसार कृति आह्वान गरेको थियो । प्राप्त भएका कृतिमध्ये पौडेलको उक्त कृतिलाई पुरस्कृत गर्ने निर्णय पुरस्कार निर्णायक समितिले गत पुस महिनामा गरेको थियो। पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र छ।
डाक्टर पौडेल अर्थोपेडिक विषयका प्राध्यापक हुन्। अर्थोपेडिक र स्पाइनल सर्जन उनी भरतपुर अस्पतालमा कार्यरत छन्। उनी सोही अस्पतालमा दुईपटकसम्म मेडिकल सुपरिटेन्डेन्ट भैसकेका छन्।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



