‘नर्थ साउथ युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि विशेष छात्रबृत्तिका कोटा समेत उपलव्ध गराउँदै छ’

बंगलादेशकै पहिलो निजी युनिभर्सिटी हो नर्थ साउथ युनिभर्सिटी । अहिले यो युनिभर्सिटीको उपकुलपति प्रोफेसर अतिक्युल इस्लाम छन् । उनी अहिले नेपाल आएका छन् । यसै मेसोमा हामीले उनलाई उनको युनिभर्सिटीसंग जोडेर केही प्रश्न गरेका थियौँ । प्रस्तुत छ कुराकानीको सार संक्षेप:
नर्थ साउथ युनिभर्सिटी बंगलादेशको कस्तो युनिभर्सिटी हो ?
नर्थ साउथ युनिभर्सिटी (एनएसयू) बंगलादेशमा निजी क्षेत्रबाट खोलिएको पहिलो युनिभर्सिटी हो । सन् १९९२ मा फाउण्डेशन फर प्रमोसन अफ एजुकेशन एण्ड रिसर्च (एफपीईआर) भन्ने संस्थाले स्थापना गरेको हो । उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने, मानव संसाधनको विकास गर्ने र विदेशी डिग्री भएका योग्य सदस्यहरुलाई राम्रो सुविधा दिएर कलेजमा राख्ने हाम्रो नीति थियो । यस्तै यहाँका ग्राजुएट्सहरुलाई उच्च अध्यनन्का लागि मान्यता दिने व्यवस्था मिलाउने तथा टन्सफर क्रेडिटको साथ प्रशिक्षण र अवसर प्रदान गर्नु थियो । अहिले आएर हेर्दा यी कार्यमा हामी सफल छौँ ।
नर्थ साउथ युनिभर्सिटीको अरु विशेषता के हो ?
गुणस्तरीय शिक्षा नै हो । हाम्रो युनिभर्सिटी दक्षिण एसियाको मात्रै होईन संसारकै प्रतिष्ठित हरुको सूचीमा पर्नु पर्छ भनेर हामी लागेका छौँ । हुन पनि हाम्रा विद्यार्थीहरु अहिले हार्वर्ड, भर्जिनिया, योर्क युनिभर्सिटी क्यानडा, ब्रिटिस कोलम्बिया जस्ता युनिभर्सिटीमा छात्रबृत्ति सहित सहज रुपमा भर्ना प्राप्त गरेका छन् । यस्तै अमेरिका, क्यानडा, युके, हल्याण्ड र अष्ट्रेलिया लगायतका देशका प्रतिष्ठित अन्य युनिभर्सिटीमा पूर्ण छात्रबृत्तिका साथ भर्ना पाउनु हामी संसारकै राम्रो युनिभर्सिटी हो भनेर ठान्न सकिन्छ ।
गुणस्तर कसरी कायम गर्नु भएको छ ?
हाम्रो युनिर्सिटी को संकायमा आवद्ध भएका प्राफेसर तथा फ्याकल्टीहरु ८० प्रतिशत बढी विदेशी युनिभर्सिटीबाट डिग्रीलिएकाहरु हुन् । ८० प्रतिशत यस्ता सदस्यहरु अमेरिकाको डिग्री लिएर आएका छन् । त्यसैले युनिभर्सिटीको शिक्षा साच्चिकै गुणस्तरीय छ । अर्को कुरा हामी विदेशका प्रतिष्ठित युनिभर्सिटीसंग विद्यार्थी र संकायबीच शैक्षिक क्रियाकलाप आदानप्रदान गर्दै आएका छौँ । यस्तै हाम्रो युनिर्सिटी ले अमेरिका क्यानडा, युरोप दक्षिण कोरिया, मलेसिया र अष्ट्रेलिया लगायतका चर्चित युनिभर्सिटीसंग सहकार्यको सम्झौता पनि गरेको छ ।

युनिभर्सिटीमा स्वदेशी तथा विदेशी विद्यार्थी कति छन् ?
केही सय विद्यार्थीहरुबाट सुरु गरेको युनिभर्सिटीमा अहिले २६००० बढी विद्यार्थी अध्ययनरत छन् । यसमा नेपाल सहित एसियाका धेरै देश तथा युरोप अफ्रिका लगायतका देशहरुबाट पनि विद्यार्थी अध्ययनका लागि आउँछन् । तर विदेशी विद्यार्थीको संख्या कोभिड १९ पछि केही कमी छ । करीव ३०० को हाराहारीमा रहेको छ ।
कुन कुन विषयमा अध्ययन् भइरहेको छ ?
स्कुल अफ हेल्थ एण्ड लाइफ साइन्सेज अन्तरगर्त पब्लिक हेल्थ, फार्मास्युटिकल्स साइन्सेज, इन्भाइरोमेन्टल साइन्स एण्ड म्यानेजमेन्ट, बायो केमेस्ट्री एण्ड माइक्रोबायोलोजि विषयमा अध्ययन् भइरहेको छ ।
यस्तै स्कुल अफ इन्जियिनरिङ एण्ड फिजिकल साइन्सेज, स्कुल अफ बीजनेस एण्ड इकोनोमिक्स, स्कुल अफ हुमानिटीज एण्ड सोसियल साइन्सेज फ्याकल्टि अन्तरगतका विभिन्न विषयमा अध्ययन् भइरहेको छ । हरेक विधाका विषयमा हाम्रा डिग्री होल्डर उत्कृष्ठ छन् ।
नेपालमा आउनु भएको छ, के छ योजना ?
हाम्रो युनिभर्सिटीको बारेमा थप अपडेट गराउने । नेपाल र बंगलादेशबीच शैक्षिक हिसावले नजिकको सम्वन्ध छ । नेपालका थुप्रै विद्यार्थीहरु मेडिकल एजुकेशनका लागि बंगलादेश जाने गर्नुहुन्छ । यसमा हाम्रो युनिर्सिटी ले सञ्चालन गरेका कार्यक्रममा पनि आवद्धता भएर डिग्री लिन सकेमा अझ राम्रो हुन्छ भन्ने हो । हामीकहाँ यसअघि पनि नेपालीहरुले अध्ययन गरिनै रहनु भएको छ । नेपाली विद्यार्थीको लागि अव हामी नेपालको शिक्षा मन्त्रालयलाई आगामी शैक्षिक सत्र देखि ५ वटा छात्रबृत्ति सिट उपलव्ध गराउँदै छौँ । यस्तै नेपालमा अल्मुनाइ गठन गरी यस मार्फत पनि थ छात्रबृत्ति कोटा उपलव्ध गराउने प्रयासमा छौँ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

