फोहोर व्यवस्थापन नगर्ने स्वास्थ्य संस्थालाई महानगरले कारबाही गर्ने

88
Shares

काठमाडौँ, २६ माघ । काठमाडौँ महानगरपालिकाले महानगर भित्रका स्वास्थ्य संस्थाजन्य फोहोर आफैँ व्यवस्थापन गर्न निर्देशन दिएको छ।

शुक्रबार सार्वजनिक सूचना निकालेर महानगरपालिकाले आफ्नो संस्थाबाट निस्किएको फोहरमैला आफैँ व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २० उपदफा (२) बमोजिम यस्तो निर्देशन दिएको हो।

वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनमा पनि स्वास्थ्य संस्थाजन्य फोहोरमैला, रासायनिक फोहोरमैला वा औद्योगिक फोहोरमैला प्रशोधन र व्यवस्थापन गर्ने दायित्व फोहोरमैला उत्पादन गर्ने व्यक्ति वा निकाय हुने प्रावधान रहेको कुरा महानगरपालिकाले स्मरण गराएको छ ।

सोही ऐनको दफा ५१ र ५२ मा ऐनमा लेखिएको विपरीत कार्य गरेमा कसुर तथा जरिवानाको व्यवस्था रहेको स्मरण गराउँदै महानगरले पालिका क्षेत्रभित्रका स्वास्थ्य संस्थाहरूले सोही बमोजिम आफ्नो स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन गर्न सूचनामा भनेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *