जबरजस्तीकरणी गरेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ

424
Shares

खोटाङ, १७ माघ । जबरजस्तीकरणी गरेको आरोपमा खोटाङमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् ।

मगर स्वास्थ्य चौकी सुन्तलेमा कार्यरत करारका अहेव हुन् । मगरले स्वास्थ्य चौकी आएकी बालिकालाई एकान्त कोठामा लगेर जबरजस्तीकरणी गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

मावली हजुरमाको स्वास्थ्य जाँचका लागि स्वास्थ्य चौकी गएको बेला मगरले हजुरआमाको स्वास्थ्य अवस्थाका बारेमा सोध्ने बहानामा एकान्त कोठामा लगेर जबरजस्ती करणी गरेको पीडित बराहपोखरी (क १) को दाबी छ ।

मगरले गत पुस २९ गते बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेको प्रहरीले जनाएको छ । स्वास्थ्य चौकीबाट फर्किए लगत्तै हजुरआमाको मृत्यु भएको र काजकिरिया गर्दा उजुरी दिन ढिला भएको पीडित बालिकाको परिवारले जनाएको छ ।

आरोपितलाई माघ ११ गते पक्राउ गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी पुरुषोत्तम खड्काले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *