पूर्व मन्त्री एवम् एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे अस्पताल भर्ना

काठमाडौँ, १६ माघ । पूर्व मन्त्री एवम् एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे अस्पताल भर्ना भएका छन् ।
अस्वस्थ भएपछि पाण्डेलाई सोमबार मनमोहन अस्पताल स्वयम्भूमा भर्ना गरिएको केन्द्रीय सदस्य सुदेश पराजुलीले जानकारी दिए ।
उनलाई युरिन इन्फेक्सन भएपछि सोमबार अस्पताल भर्ना गरिएको हो । अहिले उनको स्वास्थ्यमा सुधार हुँदै आएको पराजुलीले जानकारी दिए । पाण्डेलाई भेट्न अध्यक्ष माधवकुमार नेपाल अस्पताल गएका थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

