बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोक सेवाको सहभागिता बिना कर्मचारी नियुक्ती तथा स्वत बढुवा नगर्न अन्तरिम आदेश

धरान । उच्च अदालत विराटनगरले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोक सेवा आयोगको सहभागिता बिना कर्मचारी नियुक्ती तथा स्वत बढुवा नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश गणेशप्रसाद बरालको एक इजलासले निवेदक संजय कुमार मेहता र प्रतिष्ठानका प्रतिनिधिलाई छलफलमा बोलाउँदै उक्त आदेश जारी गरेको हो। अदालतले माघ १७ गतेलाई पेशी तोकी दुवै पक्षलाई छलफलमा बोलाएको छ।
प्रतिष्ठानका केही कर्मचारीहरुले बढुवा प्रक्रिया अगाडि बढाउनु पर्ने लगायतका माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आइरहेका छन्। सोही अनुसार मेहताले अदालतमा मुद्दा हालेका थिए।
अदालतको यो आदेशले प्रतिष्ठानको आन्दोलन झन् लम्बिने देखिएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



