डा. केसी र सरकार पक्षबीचको बार्ता शुक्रबार बस्नेगरि स्थगित

0
Shares

काठमाडौँ, ६ साउन – पुन: बस्ने गरि अघि बेलुका साढे सात बजे टुंगिएको सरकार र डा. गोविन्द केसीका प्रतिनिधीबीचको बार्ता शुक्रबार बस्ने गरि स्थगित भएको छ ।

डा. केसीका सहयोगी एवं बार्ताटोली सदस्य डा. जीवन क्षेत्रीले टेलिफोनमा कुरा गर्दै अहिले राती पुन बस्ने भनिएको बार्ता स्थगित भएको बताए । उनले थप तयारी गरि शुक्रबार पुन बार्तामा बस्न सक्ने बताए ।

‘अहिले राती पनि भयो , हाम्रो सल्लाह अझै सकिएको छैन् डा क्षेत्रीले भने त्यसैले आजका लागि बार्ता स्थगित गरेका छौँ , भोली पुन बस्छौँहोला,’ उनले भने । दोस्रो बार्ता बालुवाटारमै बस्ने भन्दै राति अवेरसम्म पर्खिएको सरकारीटोलीका सदस्यहरु पनि आफ्नो निवास तिर लागेका छन् ।

स्रोतका अनुसार सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच बार्ता सकारात्मक रुपमा अघि बढेको बताइए पनि डा केसी स्वयंभने आजको उपलव्धीप्रति सन्तुष्ट छैनन् । उनले सरकारले फेरीपनि आफूलाई अल्मल्याउन खोजेको भन्दै उधारो सहमति नगर्न बार्ताटोली सदस्यहरुलाई निर्देशन दिएका छन् ।

बार्ता सकारात्मक भन्दै विवरण सुनाउन टिचिङ हस्पिटल पुगेका प्रतिनिधीहरुलाई डा केसीले हतार नभएको भन्दै उधारो सम्झौता नगर्न कडा निर्देशन दिएपछि टोली सदस्यहरु मौन रहेका थिए ।

त्यसो त संसदमा महाअभियोग लगायतका विषयमा प्रस्ताव दर्ता भइसकेको, सुशासन समितिले काठमाडौँ विश्वविद्यायका प्रतिनिधिलाई भोली नै आएर जवाफ दिन भनेको र शनिबार बृहत दवाव रयाली आयोजना हुने भएकोले पनि डा केसी यतिवेला हतार नगर्ने पक्षमा रहेका छन् ।

यद्धपी चिकित्सक तथा उनका शुभचिन्तक, विद्यार्थी लगायतले स्वास्थ्य अवस्था अत्यन्तै जटिल भएको भन्दै सकेसम्म छिटो बार्ता टुङ्ग्याउन चाहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *