बीपी प्रतिष्ठान धरानमा हड्ताल र तालाबन्दी नगर्न उच्च अदालतको आदेश

72
Shares

काठमाडौँ, ५ माघ । उच्च अदालत विराटनगरले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बन्द, हड्ताल र तालाबन्दी जस्ता स्वास्थ्य सेवामा अवरोध पुर्याउने कार्य नगर्न आदेश दिएको छ।

बिहीबार उच्च अदालतका न्यायाधीस श्रीधराकुमारी पुडासैनीको एकल इजलासले जनताको स्वास्थ्य अधिकार हनन भएको भन्दै बन्द, हड्ताल, तालाबन्दी खोल्न आदेश दिएको हो।

‘मानवीय संवेदनशीलता रहेको स्वास्थ्य संस्थामा बन्द, हड्ताल र तालाबन्दी गर्दा स्वास्थ्य उपचारबाट बिरामी बञ्चित भइ स्वास्थ्य उपचारको हक हनन भएको हुँदा बन्द, हड्ताल र तालाबन्दी खोली दैनिक उपचार सेवा सुचारु गराउनू।, आदेशमा भनिएको छ ।

कर्मचारीको बढुवाको विषय विषयलाई लिएर पछिल्लो दुई हप्तादेखि विपी प्रतिष्ठान आन्दोलमय भएको छ । सेवा फ्याकल्टी, कर्मचारी र विद्यार्थीहरु आन्दोलनमा छन् । जसले गर्दा सेवा प्रभावित भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *