९ वर्ष अघिको देवदह मेडिकल कलेज सिट प्रकरणमा सर्बोच्चद्धारा विशेष अदालतको फैसला सदर
मेडिकल काउन्सिल र केयुका पदाधिकारी सहित कलेज सञ्चालक समेत १७ जनाले पाए सफाई

काठमाडौँ, ४ माघ । सर्बोच्च अदालतले देवदह मेडिकल कलेज सिट प्रकरणमा सात वर्ष अघि गरेको विशेष अदालतको फैसलालाई सदर गरिदिएको छ । बिहीबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले अख्तियारद्धारा दायर रिटको विपक्षमा फैसला सुनाएको हो ।
आजको फैसलासंगै मेडिकल कलेजका १० जना, काठमाडौँ मेडिकल कलेजका ४ जना र कलेज सञ्चालक तीन जनाले सफाई पाएका छन् ।
सफाई पाउनेमा तत्कालिन काउन्सिल सदस्य एवं उपभोक्ताकर्मी ज्योति बाँनिया, डा. शिवजी पौडेल, काठमाडौं विश्वविद्यालय (केयु) का प्रबन्धक प्रद्युम्न श्रेष्ठ, केयुका डा. जगदिश चटौत, केयु तथा नेपाल मेडिकल कलेजका प्राध्यापक डा. रमेशप्रसाद सिंह, मेडिकल काउन्सिलका तत्कालिन सदस्यहरु डा. मनोहर प्रधान, डा. अनिलकुमार झा, डा. रोशन पिया, डा.कुलदिप गोइत, डा. अंकुर साह, काउन्सिलका उपाध्यक्ष डा. अनवर अन्सारी, आइओएमका सहप्राध्यापक डा. सतिसकुमार देव, देवहका निर्देशक डा.रजनिश जिन्दल, देवदहका अध्यक्ष निलकण्ठ काफ्ले र सञ्चालक हिमलाल ज्ञवाली रहेका छन् ।
केश के हो ?
विसं २०७१ सालमा रुपन्देहीको देवदह मेडिकल कलेज सम्बन्धनका क्रममा प्रतिवादीहरुले गलत प्रतिवेदन दिएर कानुन बिपरित ४० दिएर भ्रष्टाचार गरेको आरोप लगाउँदै सुरुमा अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो । तर विशेष अदालतले आरोप पुष्टि नहुने भन्दै सफाई दिएको थियो ।
त्यसपछि अख्तियार २०७३ पुस १९ गते विशेष अदालतको फैसला बदर गरि पाउँ भन्दै सर्बोच्च पुगेको थियो । सर्बोच्चले सोही मुद्धाको आज फैसला गरेको हो ।
‘पुरानो केशले दुख दिईरहेको थियो । तर ढिलै भए पनि सर्बोच्चले आज फैसला दिएको छ । न्याय दिएको छ,’ तत्कालिन काउन्सिल सदस्य डा मनोहर प्रधानले भने ।
उनका अनुसार यो मुद्धा खेपिरहेका दुई जनाको भने मृत्यु भइसकेको छ ।
अख्तियारमा लोकमान सिंह कार्की प्रमुख रहँदा यो केश उठेको हो ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



